काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट बनेको वुमन्स रूम रिलोडेड (डब्लुआरआर) ले बालबालिकासँग ९औँ वार्षिकोत्सव मनाएको छ ।
शनिबार काठमाडौंको जोरपाटीस्थित अतरखेलमा रहेको बालबालिका महिला तथा शिक्षा सहयोगी फउण्डेशनको बालगृहमा केक काटेर खुसी साटासाट गरी मनाएको हो ।
डब्लुआरआरद्वारा आयोजित कार्याक्रममा बाल गृहमा भएका ३७ जना बालबालिकालाई यो समुहले खाना खानदिएर रमाइलो गरेर मनाएको समुहकी सक्रिय सदस्य सुस्मा कार्कीले बताइन । त्यस्तै, सबैको साथ र सहयोगले आजको योजना सफल भएको उनले बताइन ।
साथै डब्लुआरआरले अन्य पुस्तक तथा सामग्री किन्न ५ हजार ५ सय रूपैँया बालगृहकी अध्यक्ष स्वेता केसीलाई हस्तान्तरण गरेको छ । सम्मान पाएपछि बालगृहकी अध्यक्ष केसीले खुसी व्यक्त गरिन ।
यसअघि पनि डब्लुआरआरले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
महिलाहरुको साझा घर होस् सबैले आफ्नो दुख,सुखका कुराहरु बाड्न सकुन् भन्ने उद्देश्यले सन् २०१५ मा श्रद्धा क्षेत्रीले डब्लुआरआर समूह स्थापन गरेकी हुन् ।