काठमाडौं । अग्नी मोटोइंकले येज्दी ब्रान्डको एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले दुई कलर अप्सनमा एड्भेन्चर मोडलको मोटरसाइकल ल्याउन लागेको हो ।
कलर अनुसार फरक मूल्य निर्धारण गरेर यसको विक्री सुरु हुन लागेको छ । कालो कलरको मूल्य ९ लाख ९८ हजार र सिल्भर कलरको मूल्य ९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । सिग्नेचर एड्भेन्चर डिजाइनमा निर्माण भएको येज्दीको अगाडि ठूलो वीन्ड स्क्रीन पाउन सकिन्छ । साथै, यसको फ्यूल ट्याङक कलात्मक रहेको छ । यसमा स्प्लीट स्टाइल सिट पाउन सकिन्छ । यसको टेल सेक्सन माथि उठेको छ ।
येज्दी एड्भेन्चरको फ्रन्ट लुक निओ रेट्रो डिजाइनमा जस्तो देखिन्छ । यसमा राउन्ड एलइडी हेडल्याम, र्फक गाइटर र स्पोक ह्वील दिइएको छ । यो मोटरसाइकलका लागि येज्दीले प्रशस्त एशोसरिजहरु उपलब्ध गराएको छ । यसमा स्याडल व्याग, पेनीयर्स बक्स, ग्यालन, ह्यान्ड गार्ड जस्ता एशोसरिजले यसलाई टुरिङका लागि उत्कृष्ट बनाएको छ ।
येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिन जावा पेराकबाट लिइएको भएता पनि यसलाई एड्भेन्चरका लागि ट्युन गराइएको छ । यो इन्जिनले ३०।२ पीएस पावर ८००० आरपीएममा र २९।९ पीएस पावर ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।