काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । यस्तै, सो अवधिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । जुन, ११ सयले घटेर यो साताको शुक्रबार कारोबारमा आएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here