काठमाडौँ । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् ।

उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

कालिका गाउँपालिका–१ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here