हेटौंडा – भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । मनहरी-६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति ११:४० बजे प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा गएको टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको उनले जानकारी दिए । घिसिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here