काठमाडौँ –  लागूऔषधसहित काठमाडौँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद भएको प्रहरीको भनाइ छ। यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ।

उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here