दमक  । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो ।

स्कारपियो चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here