काठमाडाैं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।


राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।


मंगलबार राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।


यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए ।


८४ बर्षिय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here