काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमवाट गर्न सकिने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडसँग सम्झौता भएसँगै जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
जसअनुसार अब अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैकिङ्गबाट क्युआर कोड स्क्यानको माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्नेछन्।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here