काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै छन् । एसईई उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गर्न उनी बुटवल जान लागेका हुन् ।

रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ भन्दामाथि जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

दिउँसो साढे १ बजे हुने कार्यक्रममा ओलीले बालबालिकासँग अन्तर्क्रिया गर्ने छन् । कार्यक्रममा विष्णु पौडेल पनि सहभागी हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here