काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् ।

आज नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनमा महामन्त्री थापाले देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरे ।

उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी अरुभन्दा बढी छ ।’

उनले देशको ठुलो पार्टी भएकै कारण कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here