काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  काठमाडौंको कालधारामा  उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित कटेजमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मुगुको खत्याड गाउँपालिका-३ रोल गाउँ बस्ने ६५ वर्षीय गोर्ख रावत सोरू गाउँपालिका-९ खनयाको लेकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सल्यानको शारदा नगरपालिका-६ कौछे बस्ने ३६ वर्षीय राज कुमार विक पनि रा.१ ह ७४११ नम्बरको अटोमा आइतबार मृत अवस्थमा फेला परेका छन् । 

यसैबीच ओखलढुंगाको सिद्धिचरण नगरपालिका-९ र मोलुङ गाउँपालिका-१ को सिमानामा रहेको लिपे खोलामा मोलुङ गाउँपालिका-१ गहते बस्ने ५० वर्षीया दिल कुमारी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here