जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ। चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी छोरी बन्दना भण्डारीको आगलागीमा परी मृत्यु भएको छ।
आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको छ भने एक्कासी राति आगलागी हुँदै परिवारजन बाहिर निस्केका थिए। तर, तेस्रो तलामा सुतिरहेकी बन्दना भने बाहिर निस्कन सकेकी थिइन्। उनी घरको तेस्रो तलामै मृत भेटिएकी हुन्। स्थानीय बासिन्दा, नगरपालिकाको दमकल, प्रहरी र सेनाले आगो निभाएको छ। घरका सरसामान भने पुरै जलेर नष्ट भएका छन्।