काठमाडौँ – चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएकाे छ।  चैत १७ मा रिलिज हुने गोविन्द सिंह भण्डारी निर्देशित दोस्रो सिनेमा ‘प्रेमा’को फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको हाे ।

फिल्ममा सृष्टि श्रेष्ठ, अरुण क्षेत्री, शुभेक्क्षा खड्काको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथा बोल्ने सिनेमाको पोस्टरमा यी तीन कलाकार मात्र फिचर्ड छन् ।

निर्देशक भण्डारीकै लेखन रहेको सिनेमामा बिमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) कोपनि अभिनय छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा निर्देशक भण्डारी र लेखक तथा निर्देशक विवेक घिमिरेको लगानी रहेको छ ।

काठमाडौँ, कर्णाली र सुदुरपश्चिममा खिचिएको सिनेमामा महेश पौडेलको डिओपी, सुशान्त गौतमको संगीत र कृष्ण भण्डारीको सम्पादन छ अभिनेता अरुण क्षेत्री ‘महापुरुष’बाट डेब्यु गरेका हुन । फिल्मको पोस्टरमा अरुण र सृष्टि र शुभेक्क्षासंग रोमान्टिक देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here