एजेन्सी – जापानमा पछिल्लाे समय काेराेना भाइरस तीब्र रुपमा फैलिएकाे छ। जापानी सञ्चार माध्ययमका अनुसार त्यहाँ कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ।

शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ। योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको मृत्यु भएको हो।

प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको जापान टाइम्समा उल्लेख छ।

केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो।

डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो। जनवरीको अन्तिम साता भने दैनिक रूपमा थपिने नयाँ संक्रमितको संख्या केही घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here