काठमाडौ– लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” का लागी माघ १७ गते पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न हुदैछ । कार्यक्रममा लोकप्रिय गायिका संगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, पशुपती शर्मा, रामजी खाण, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहने कुरा आयोजक पक्षले बताएको छ ।

पत्रकार सम्मेलनमा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको सभापतित्व रहेको थियो भने लोक स्वर सम्राट राजु परियारको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कृष्ण कंडेल, मिना लामा मन बहादुर पुन, करिश्मा घर्ती, अमृत खाती, धनारज चुनारा, खुम केसी, राज कुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन कमल सरगमले गरेका थिए ।
