काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार दिउँसो केही मन्त्रीसँग छलफल गर्दै मिडियामा सरकार परिवर्तनको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेका हुन् ।

अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले नियमित काम जारी राख्न भनेको उनले

अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले नियमित काम जारी राख्न भनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताए । कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने उनले बताए ।

उनले भने,‘प्रधानमन्त्रीले हामी विश्वासको मतका लागि संसदमा सामना गर्छौँ भन्नुभएको छ । त्यसबेलासम्मका लागि आफ्ना काम नछोड्नुस् भन्नुभएको छ । हामीले तत्काल राजीनामा गर्ने सोच बनाएका छैनौँ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने केही निर्णय गरिहाल्नु भएको छैन ।’

छलफलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादवलगायतका मन्त्री सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here