काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

महामन्त्री डा.मुकुल ढकालले बुधबार बुझाएको प्रतिवेदनमाथि छ्लफल गर्न रास्वपाले असार १९ गते बैठक बोलाएको हो ।

बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनका साथै विविध विषयमा छलफल हुनेछ ।

यसै विषयमा छलफलका लागि रास्वपाले बिहीबार बिहान बैठक बोलाएको थियो । महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि र त्यसअघि नै आएका समाचारले पार्टीभित्र र बाहिर हलचल मच्चिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here