काठमाडौं – दर्जनौ कलाकारहरूको सांगीतिक जीवन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका लोकप्रिय सर्जक तथा गायक शिव हमालको १० वर्षपछि नयाँ सेन्टिमेन्टल गित खोलीको दोभानो भर्खर मात्र सार्वजनिक भएको छ । 

पछिल्लो केही समय बिरहका गितबाट मनोरञ्जनात्मक गीततर्फ आफ्नो कलम चलाउनुभएको हमालले नयाँ गीत सार्वजनिक भएसँगै चुनौती र अपेक्षाको रुपमा लिएको बताउनुभयो । 

बिरहको गितमा प्राय माया प्रेमलाई विषय बनाउने हमालले यो पटक पनि दुई मायालुको जोडीलाई गीतको कथा वस्तु बनाएका छन् । गीतमा बिक्रम परियार र सुनिता अधिकारीले सुमधुर आवाज दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here