नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३भदौमा निलम्बन गरेको थियो ।