एजेन्सी–  जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

बन्दरगाह अधिकारीहरूका अनुसार संदिग्ध व्यक्तिबाट कम्तिमा १७२ किलोग्राम एमडीएमए एकस्टेसी, १४५ किलोग्राम गाँजाको राल, ३१ किलोग्राम कोकेन र दुई किलोग्राम हेरोइन बरामद गरिएको छ ।    बरामद लागुपदार्थको अनुमानित कुल मूल्य ४ मिलियन युरो (४.४ मिलियन अमेरिकी डलर) रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here