काठमाडौँ-  सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् । शुक्रबार सर्वोच्च  अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । 

सोही अनुसार लामिछाने आइतबार बिहान ११ बजे प्रशासन जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । ‘आज बिहान ११ बजे हामी प्रशासन जान्छौँ, त्यसपछि आवश्यक प्रक्रिया पुरा गरिनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here