काठमाडौँ । लङ्का फिल्म प्रालिको ब्यानरमा निर्मित फिल्म ‘ब्ल्याक छायाको ‘बुट्टे रुमाल’ सार्वजनिक गरिएको छ । शब्द डीबी खनालको शब्द रहेको गीतमा राजेन्द्र बजगाईँको सङ्गीत छ । गीतमा स्वर भुवन प्यासी र मेलिना राईले दिएका छन् । आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म प्रेमकथा रु सस्पेन थ्रिलर कथामा बनेको हो ।

आरएल लामा मुक्तानको निर्देशन रहेको फिल्ममा नीर शाह, सुनिल थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, सोभित बस्नेत, रवीन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय छ ।रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान निर्माता रहेको फिल्ममा खड्ग लामा मुक्तान प्रस्तुतकर्ता र सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ सह निर्मातामा रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here