काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याटबिल प्रकरणसँग जोडिएका १० वटा मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले नेपाल ल्युब आयल र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडा जोडिएको नक्कली भ्याटबिलको मुद्दा पूर्ण इजलासमा पठाउने भनी आदेश गरेको हो ।

सर्वोच्च अदालतले २५ पुसमा यो मुद्दामा निर्णय सुनाउने भनी बिहीबारको मिति तोकेको थियो । अब यो मुद्दा कम्तिमा पनि तीन न्यायाधीश संलग्न हुने इजलासमा पेश हुनेछ ।

सर्वोच्च अदालतले गत मंसिरमा मात्रै झूटा वा नक्कली बिलबिजक बनाएको तथ्य अदालतबाटै पुष्टि भएपछि जालसाजी गरेको अर्को प्रमाण खोजिरहन नपर्ने भनी नजीर प्रतिपादन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here