काठमाडौं  । कैलाली र ललितपुरबाट लागु औषधसहित २० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार 
ललितपुर महानगरपालिका-१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट १९ जना पक्राउ परेका छन्  ।

 लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्राम सहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका-५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । 

यसैगरी   कैलालीको गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोल बस्ने ४५ वर्षीया मंगली देवी धामीलाई पनि प्रहरीले अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ किलो १ सय ८० ग्राम र तराजु १ थान सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here