काठमाडौँ – नेपाल टी–२० लिग फिक्सिङ प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ४७ जनासँग बयान तथा सोधपुछ गरेको छ । खेलाडी, टीम मेनेजर, लगानीकर्ता र आयोजकसमेत गरी केन्द्रीय अनुसन्धान ब्युरोले ४७ जनासँग बयान लिएको हो ।  सो बयानको आधारमा ब्युरोले खेल मिलेमतो तथा अनियमितता गर्न नहुने कसूरमा ५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । 

गत पुस ९ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नेपाल क्रिकेट संघको अयोजना तथा सेभेन थ्री स्पोर्टको रणनीतिक र व्यवसायिक साझेदारीमा भएको खेलमा फिक्सिङ भएको खुलासा भएपछि सीआईबीले अनुसन्धान गरेको थियो ।  जसअनुसार सीआईबीले मोहमद आदिल आलम, महबुव आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दाय गरिएको हो । आरोपितमध्ये माझी र कँडेल हालसम्म फरार छन् भने अरु पक्राउ गरिसकेका छन् । 

सो प्रकरणको अनुसन्धानका क्रममा सीआईबीमा आलमद्वयसहित  नितेश गुप्ता (साह) बयान दिएका छन् । यस्तै बुझिएका मानिसहरुले गरेको घटना विवरण कागजमार्फत आरिफ शेख, कर्मा छोडोन गुरुङ, प्रभाव विक्रम राणा, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा, सागर पाण्डेय, नविन चौहान लगायतले बयान दिएका छन् ।   सो प्रकरणमा एकिन नाम, थर, वतन नखुलेका भारतीय नागरिकहरु समिर शेख र बिरेन्द्र साह, विकास ध्यानी, जतिन अहलुवालिया, अभिषेक सक्लानी, राहुल शर्मालगायतविरुद्ध पछि पूरक आरोप पत्र लगिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here