काठमाडाैं– दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक भएको छ। बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा दयाहाङ र प्रकृतिको बिहेको प्रसंगलाई देखाइएको छ। प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्। शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here