काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक विदेशी यात्रुले बोकेको पावर बैंक पड्किदा झोलामा आगलागी भएको छ।एयर चाइनाको जहाजमार्फत् चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो भएको हो। बोर्डिङ पास लिएर विमान कुरेर प्रतिक्षालयमा बसिरहेका ती यात्रुको ब्यागमा आइतबार दिउँसो एक्कासी आगो देखिएको हो।

ह्यान्डब्यागमा रहेको पावर बैंक पड्किर आगो लागेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो।आयोगलाई तत्काल नियन्त्रणमा लिएकाले अन्यत्र फैलिन नपाएको बताइएको छ। विमानहरुमा लगेजमा पावर बैंक राख्न नदिए पनि ह्याण्ड ब्यागमा विद्युतीय सामाग्री राख्न दिइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here