मोरङ । मोरङबाट प्रहरीले १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले  बताए ।पक्राउ पर्नेमा सुजन रानामगर, टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, रुपेश तामाङ, करण मगत र विपन लिम्बु छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र ईप्रका विराट चौकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिए । २०८० साउनपछि मोरङ प्रहरीले २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here