काठमाडौं- नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। दुबईस्थित आइसिसी एकेडेमी ओभल- २ मा पाकिस्तानका कप्तान साद बेगले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।प्रतियोगिताअन्तर्गत समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा अफगानिस्तान र भारत भिड्दै छन्। उमेर समूहमा पछिल्लो पटक २०१६ को यू-१९ विश्वकपमा भिडेका यी दुई टिम त्यसपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।

७ वर्षपछि एक अर्काविरुद्ध भिड्दा नेपाली युवा टिम इतिहासकै उत्कृष्ट लयमा रहेको प्रमाणित गर्ने प्रयासमा रहँदा पाकिस्तान भने आफ्नो बलियो विरासतलाई कायम राख्न चाहन्छ।समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूहमा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने चुनौती नेपाललाई रहेको छ। दुबै टिमलाई आजको खेल हारेमा बाँकी दुवै खेल जित्नुपर्ने भएकाले पहिलो खेलनै ‘गर या मर’ का रुपमा रहेको छ।पाकिस्तानलाई नेपालले पछिल्लो पटक उमेर समूहमा २००२ को जनवरीमा यू-१९ विश्वकपका दौरान पराजित गरेको थियो।

त्यसयताका २१ वर्षमा थप चार पटक प्रतिस्पर्धा भएपनि सबै खेलमा नेपाल पराजित भएको छ।२००२ मा भएको स्पर्धामा नेपालले पाकिस्तानालई १ सय ५१ रनको लक्ष्य दिएको थियो। जहाँ पाकिस्तान १ सय २१ रनमानै समेटिएपछि नेपालले ३० रनको जित निकालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here