काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबीच भेटबार्ता भएको छ।बुटवलमा भएको भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ।

झन्डै एक घण्टा भएको भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवश्यक पर्नेमा मुख्यमन्त्री र सभामुख दुबैको जोड छ ।प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here