काठमाडौँ । वीरगन्ज महानगरपालिकाको बजार ठप्प पारिएको छ । रौतहट  घटनाको विरोधमा हिन्दु समाजले वीरगन्जका मुख्य बजार बन्द गराएको हो । बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेको अधिकांश पसल बन्द छन् । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका थिए । 

हिन्दु समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए । हिन्दु समाजले प्रदर्शन गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ । 

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘हाम्रो देशमा कोही पनि कसैबाट असुरक्षित छैन, यदि कोही छ भने हामीलाई म्यासेज गर्नुहोस् , सुरक्षाको जिम्मेवारी हाम्रो हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here