काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो तेस्रो विकेट गुमाएको छ । यूएईको तेस्रो विकेट पनि गुलसन झाले नै लिए ।
उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान आसिफ खानलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । गुलसनले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि आसिफ खानले ६ बलमा एक छक्काको मद्दतले १० रन बनाएका थिए । ९.४ ओभरमा उनी आउट हुँदा यूएईले ७० रन बनाइसकेको छ ।