काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका थिए ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दैछन् ।  आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here