काठमाडौँ – ओखलढुंगाको मुलुङ गाउँपालिका–२ धुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमला छन् ।
मुलुङ–२ धुस्के घर भएका धमलाले दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । प्रधानाध्यापक धमलाविरुद्ध बालयौन दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रअ धमलाले दुर्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका छन् ।