काठमाडौँ । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेल स्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए ।
१.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ति १.५ मिटर चाहिने हुनाले सोही अनुरूप काम थालेको उनले बताए । उनले भने, ‘यो क्षेत्र हामीले राजदलगणसँग फिर्ता लिएका हौँ । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौँ ।
पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल गहिराई १.५ मिटर हुने गरी काम सुरु गरेका छौँ । माटो झिकिरहेको छौँ ।१.५ मिटरमा पानी जम्ने गरी बनाउँछौँ । यहाँ कमलको फुल फुल्छ ।मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ ।’