काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि भारत भ्रमणमा जाँदैछन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालसँगै भ्रमणमा जाने टोलीको समेत टुंगो लगाएकाे हाे।
प्रधानमन्त्रीको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णुप्रसाद गौतम रहेका छन् ।
प्रधानमन्त्री दाहाल आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् । भारतीय प्रधानमन्त्रीले दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।