काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवनमा उनलाई राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराइन् ।
उनी गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथ ग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सरकार प्रमुख सहभागी थिए ।
मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। दुई कार्यकालमा उनी भाजपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, अहिले उनी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।