जोमसोम :  चरन क्षेत्रमा छाडिएको गोरु काटेको आरोपमा ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  ३० वर्षीय कुलमान मगर, २६ वर्षीय सन्तोष परियार, ३२ वर्षीय दिपक मगर, ३७ वर्षीय बुद्धि राई,  २३ वर्षीय रावल क्षेत्री र ४२ वर्षीय राजकुमार गर्बुजा रहेको कार्यालयले जनाएको छ।

मुस्ताङको थासाङ-२ सेकुङ जंगलमा गोरु काटेको सूचना आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो।  प्रहरीका अनुसार घटना स्थलबाट गोरुको पुच्छरसहितको छाला, गोरुको टाउको र दुई खुट्टा फेला पारेको थियो। स्थानीयको रोहबरमा प्रहरीले बरामद गरिएको टाउको ,पुच्छर र खुट्टा कानुनी प्रक्रिया पुर्‍याएर खाल्डो खनी नष्ठ गरिएकाे छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here