काठमाडौं– शुक्रबार एमालेका नेताहरूले राष्ट्रपतिको चुनावका विषयमा छलफल गर्न लोसपाका नेताहरूलाई भेटेका हुन्। एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ सहितको टोलीले भेटवार्ता गरेको हो।

दुवै दलका नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले नेता योगेश भट्टराईले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई भोट दिन लोसपा सकारात्मक रहेको बताए। भेटमा लोसपाका नेताहरूले सकारात्मक जवाफ दिएको भट्टराईले बताए।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई भोट माग्न एमाले नेताहरू विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन्। यसअघि फागुन १८ गते नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए। राष्ट्रपतिमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। फागुन २५ गते राष्ट्रपतिको निर्वाचत हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here