काठमाडाैं । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै स्पेनले युरो कप २०२४काे उपाधि जितेकाे हाे ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ४७औँ मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औँ मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औँ मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए ।

त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । सन् २००८ मा स्पेनले दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो । स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here