काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार दललाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसद्सहित दाबी पेश गरेका थिए ।
उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।