काठमाडाैं । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।
खेलको ११२ औँ मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरेका थिए ।