काठमाडाैं । काठमाडौं उपत्यकाका सबै पालिका तथा मातहतका निकायमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
नकर्मीको बिहीबार निधन भएको हो