काठमाडाैं । नेकपा एमालेका सासंद् योगेश भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई नियमन गर्दै अघि बढाउन आवशयक रहेकाे बताएका छन् ।
बिहिबार नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा ड्राइभन चुनावी अभियानको बारेमा भएको छलफलमा उनले डिजिटल दुनियाँमा जाने क्रममा रहेको भन्दै अन्य देशमा जस्तै नेपालमा पनि एआईलाई नियमन गर्दै अघि बढाउनु पर्ने बताए ।
उनले भने, ‘नेपाल छिटै डिजिटल दुनियामा जादैँ छ र त्यसको प्रभाव राजनीतिक दलमा पनि पर्छ । जति यसको प्रभाव बढ्दै जान्छ यसको नियमन पनि गर्नुपर्ने हुन्छ । राज्यले कानून बनाउनु पर्ने हुन्छ । एआईको कुरामा हरेक देशले नियम बनाएर चल्दै आएका छन् । नेपालमा पनि सञ्चाल मन्त्रालय यसको नियमन गर्ने प्रक्रियामा छ ।’
पार्टीगत रुपमा सूचना छिटो प्रवाह गर्नको लागि प्रचारको विभागको माध्यमबाट बढिभन्दा बढि प्रविधिको प्रयोग गर्ने प्रयासमा रहेको उनको भनाई छ ।