काठमाडाैं । नाफा रकमको आधारमा ग्लोबल आइएमई सबैभन्दा धेरै कमाउनेमध्ये दोस्रो ठूलो बैंक बनेको छ।


गत आर्थिक वर्ष २०८०/८१ मा बैंकको नाफा ६ अर्ब एक करोड रूपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा यो ११ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखिने रकम बढेकोले नाफामा प्रभाव परेको हो ।

यस्तै, यसअघि ३ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ७४ करोड राखेको छ। बैंकको खुद ब्याज आम्दानी करिब २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here