काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने हवाई उडान प्रभावित भएका छन् । भारी वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाकाद अनुसार आज बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको छ।


खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा होल्ड भएका छन् भने केही डाइभर्ट भएको उनले बताए । बिहानै उडान सेडुलमा रहेका जहाज अविरल वर्षाका कारण प्रभावित हुन पुगेको छ ।


कम भिजिबिलिटी अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here