काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ ।
बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखले आफ्ना धारणा राख्नेछन् । साथै समसामयिक राजनीतिक विषयमा नेताले आफ्ना धारणा राख्नेछन् ।
बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।
बैठकमा बुधवार प्रस्ताव प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । आज नेताले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ ।