काठमाडाैं । काठमाडौं गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। गायक तिमल्सिनाको शनिबार साँझ निधन भएको प्रहरीले जनाएको छ ।
घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका उनी भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्।
२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति गुमाएका थिए।


























