काठमाडाैं । भारतका विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आउँदैछन्।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका आउन लागेका हुन्।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुनेछ।
विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी सोमबार स्वदेश फर्कने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here